+
+
Shares

मधेश विश्वविद्यालयका कर्मचारी छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जस्थित मधेश विश्वविद्यालयका कर्मचारी राजु गद्दीलाई छात्रामाथि अनैतिक दबाब दिने आरोपमा प्रहरीले पक्राउ गरेको छ।
  • गद्दीले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने र अस्वीकार गरेमा मार्क्स घटाउने धम्की दिएको उजुरीमा उल्लेख छ।
  • पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका भतिजो रहेको बताइएको छ।

१८ चैत, वीरगञ्ज । वीरगञ्जस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि दुर्व्यवहार (अनैतिक दबाब सिर्जना गरेको) आरोपमा पक्राउ परेका छन् । प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए । उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिने र अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ तथा अनुत्तीर्ण गराइदिने धम्की दिने गरेका थिए ।

पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप लगाएकी छन् । प्रस्ताव अस्वीकार गरेपछि उनले शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख छ । यसै आधारमा छात्राले चैत १४ गते उजुरी दर्ता गराएकी थिइन् ।

उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले आरोपितमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

घटना सार्वजनिक भएसँगै विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । शिक्षण संस्थाभित्रै कर्मचारीबाट यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थीको सुरक्षा र शैक्षिक मर्यादामाथि प्रश्न उठेको छ ।

यसैबीच, पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका भतिजो रहेको बताइएको छ । उच्च पहुँच भएका व्यक्तिसँग सम्बन्धित घटनाले यस प्रकरणलाई थप चर्चामा ल्याएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?