१९ चैत, काठमाडौं । लामो समयदेखि मिर्गौला रोगसँग संघर्ष गरिरहेका संगीतकर्मी दीपक थापाका लागि संगीतकर्मीहरूले आर्थिक सहयोग जुटाएका छन् । देश तथा विदेशमा रहेका नेपाली संगीतकर्मीहरूले उनका लागि आर्थिक सहयोग जुटाएका हुन् ।
संगीतकर्मी दीपक राईका अनुसार ४४ जना संगीतकर्मीहरूले कुल २ लाख ४४ रुपैयाँ उठाएर परिवारलाई हस्तान्तरण समेत गरिसकेका छन् ।
भैरहवामा जन्मिएका थापाको बाल्यकाल हङकङमा बितेको थियो । उनले टम ली म्युजिक सेन्टरमा क्लासिकल गिटार अध्ययन गरेका थिए ।

उनले ‘विदेश जाने मायालु तिमीलाई’ जस्तो लोकप्रिय गीत गाएका छन् भने थुप्रै चर्चित गीतमा संगीत सिर्जना र एरेन्ज गरेका छन् । सुक्मित गुरुङले गाएको ‘ओ मेरो प्रियतम’ गीतमा पनि उनको सिर्जनात्मक योगदान छ ।
थापाको दुवै मिर्गौला फेल भएका कारण अहिले हप्तामा तीन पटक डायलाइसिस गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ । चिकित्सकले उनको स्वास्थ्य सुधारका लागि मिर्गौला प्रत्यारोपण आवश्यक रहेको बताएका छन् ।
दीपकको उपचारमा सघाउन उनका परिवार र आफन्तले सहयोगको अपिल गरेका थिए ।
प्रतिक्रिया 4