+
+
Shares

गुगल वालेटमा बदलिंदै नयाँ रङ्गिन पास र कार्डहरूको इन्टरफेस

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुगलले आफ्नो डिजिटल वालेट एप 'गुगल वालेट' को नयाँ रंगीत इन्टरफेस परीक्षण सुरु गरेको छ।
  • नयाँ भर्सन (v26.12.88) मा पास, मुभी टिकट र लोयल्टी कार्डको डिजाइनमा व्यापक परिवर्तन गरिएको छ।
  • नयाँ इन्टरफेसमा पासको नाम, नम्बर, मिति र सेटिङ्स सर्टकटहरू पहिलो पानामा देखिनेछन् र प्रयोगकर्ताले फेभरेट कार्डहरू राख्न सक्नेछन्।

१९ चैत, काठमाडौं । गुगलले आफ्नो डिजिटल वालेट एप ‘गुगल वालेट’ लाई अझ आकर्षक र प्रयोगकर्तामैत्री बनाउन नयाँ रंगीत इन्टरफेसको परीक्षण सुरु गरेको छ। एन्ड्रोइड अथोरिटीका अनुसार, गुगल वालेटको नयाँ भर्सन (v26.12.88) मा पास, मुभी टिकट र लोयल्टी कार्डहरूको डिजाइनमा व्यापक परिवर्तन देखिने छ।

यसअघि जनवरीमा वालेटको होम स्क्रिनलाई ‘ग्रिड लेआउट’ मा लैजाने तयारी गरेको गुगलले अहिले व्यक्तिगत पासहरूका लागि ‘मटेरियल ३ एक्सप्रेसिभ’ डिजाइन शैली अपनाउन लागेको हो।

के के भए परिवर्तनहरू?

बदलावहरूमा रङ्गिन पृष्ठभूमि प्रमुख हो । अब पास वा कार्डमा जुन रङ मुख्य छ, त्यही रङ एपको पृष्ठभूमिमा पनि देखिने छ। यसले एपलाई पहिलेको तुलनामा अझ आधुनिक लुक्स दिने छ।

परिवर्तनसँगै थप विवरणहरू एकै ठाउँमा देखिनेछन् । नयाँ इन्टरफेसमा कुनै पनि पास खोल्नेबित्तिकै त्यसको नाम, नम्बर, कार्ड थपिएको मिति र सेटिङ्सका सर्टकटहरू पहिलो पानामै देखिने छन्। हालको डिजाइनमा यी विवरण हेर्न माथि रहेको ‘थ्री-डट’ मेनुमा जानुपर्ने हुन्छ ।

त्यस्तै, प्रयोगकर्ताले धेरै प्रयोग गर्ने पासहरूलाई ‘स्टार’ आइकन दिएर फेभरेटमा राख्न सक्नेछन्, जसले गर्दा ती कार्डहरू खोज्न सजिलो हुने छ।

अर्को परिवर्तन हो, पास वा टिकटको तस्बिरले अब स्क्रिनको माथिल्लो आधा भाग ओगट्नेछ, जसले गर्दा स्क्यान गर्न वा विवरण हेर्न अझ प्रष्ट हुने छ।

अझै परीक्षणकै चरणमा

यद्यपि, यो नयाँ डिजाइन अहिले केही सीमित प्रयोगकर्ताहरूमा मात्र परीक्षण भइरहेको छ। इन्टरफेसमा रहेका टेक्स्ट बक्सहरूको आकार र डिजाइन अझै पूर्ण नभएकाले यो सर्वसाधारणका लागि उपलब्ध हुन अझै केही समय लाग्न सक्ने अनुमान छ। गुगलले वालेटलाई केवल पेमेन्ट एप मात्र नभई पूर्ण डिजिटल लाइफस्टाइल एप बनाउने उद्देश्यले यी परिवर्तनहरू गरिरहेको विश्लेषण गरिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?