+
+
Shares

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ (तस्वीर)

फेस्टिभलमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने तय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २३ चैतसम्म सुन्धारास्थित सिभिल मलमा सञ्चालन हुँदैछ।
  • फेस्टिभलमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने र ६ वटा चिनियाँ तथा ४ वटा रुसी फिल्म विशेष प्रदर्शन हुने आयोजकले बताए।
  • उद्घाटन समारोहमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत, विभिन्न देशका राजदूत र चलचित्रकर्मी सहभागी थिए।

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । २३ चैतसम्म चल्ने फेस्टिभल हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै सुरु भएको छ ।

सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा सहभागी थिइन् ।

समारोहमा ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, पाकिस्तानी राजदूत अब्रार हास्मी, श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रुपमा उपस्थित थिए ।

पहिलो रंगिन फिल्म ‘कुमारी’ का निर्देशक प्रेम बस्नेत, अभिनेत्री चैत्यदेवी सिंह, निर्देशक समुद्र रेग्मीलगायतका फिल्मकर्मी पनि समारोहमा सहभागी थिए ।

सञ्चार सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन् । ब्राजिलका राजदूत हार्टोगले निफलाई सफलताको शुभकामना दिए ।

उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरेका थिए । पाकिस्तानी राजदूत हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए ।

बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्वबारे बोलेका थिए । फेस्टिभल अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सबै अतिथि, चलचित्रकर्मी र पत्रकारप्रति कृतज्ञता व्यक्त गरे ।

फेस्टिभलमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने तय भएको छ । ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।

रुसी सांस्कृतिक केन्द्रमा ‘रसियन फिल्म डेज’ आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निःशुल्क हेर्न पाइनेछ । यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ ।

जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निःशुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धामा रहेका मध्येका फिल्म सिभिल मल र छायाँ सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ ।

निफ अन्तर्गत १० वटा अन्तक्र्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरले अनुभव सेयर गर्नेछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?