+

एचजेएनबीएल : गोल्डेनगेटको ११औं जित, हाउण्ड्सको चाैथो हार

२०८२ चैत  १९ गते १९:३७ २०८२ चैत १९ गते १९:३७
एचजेएनबीएल : गोल्डेनगेटको ११औं जित, हाउण्ड्सको चाैथो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट बास्केटबल क्लबले एचजेएनबीएलमा केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गर्दै ११औं जित हात पारेको छ ।
  • गोल्डेनगेटले १२ खेलबाट २३ अंकसहित शीर्ष स्थान कायम राखेको छ भने हाउण्ड्स २० अंकसहित चौथो स्थानमा छ ।
  • लिगमा शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् ।

१९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार भएको पहिलो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले ११औं जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा गोल्डेनगेटले केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गरेको हो ।

गोल्डेनगेटले पहिलो क्वाटर २६-२२ को अग्रता बनाउँदा दोस्रो क्वाटरमा दुवैले २०-२० अंक जोडेका थिए । तेस्रो क्वाटरमा पनि गोल्डेनगेटले २७-१९ को अग्रता लिँदै अग्रता बढाएको थियो । यस्तै चाैथो ब्वाटर गोल्डेनगेटले १८-१७ ले आफ्नो पक्षमा पारेको थियो ।

गोल्डेनगेटको १२ खेलमा ११औं जित हो र २३ अंकसहित शीर्ष स्थानमा यथावत् छ । गोल्डेनटले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।

एक खेल कम खेलेका त्रिभुवन आर्मी क्लब र टाइम्स बास्केटबल क्लबको समान २१ अंक छ । यी दुई टोली आजै खेल्दैछन् ।

हाउण्ड्सको भने यो चोथो हार हो । संयोगवश हाउण्ड्स पछिल्लो पटक गोल्डेनगेटसँगै ९१-८७ ले पराजित भएको थियो । गोल्डेनगेटले यस लिगमा हाउण्ड्समाथि डबल जित हात पारेको हो ।

यो हारपछि हाउण्ड्सको लगातार ८ खेलको विजयी यात्रा रोकिएको छ । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले लगातार ८ खेल जितेको थियो । १२ खेलबाट २० अंकसहित हाउण्ड्स चाैथो स्थानमा छ ।

गोल्डेनगेटका निकेश मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय