+
+
Shares

एसईई : गुल्मीमा पहिलो दिनबाटै उत्तरपुस्तिका जाँच सुरु

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार चन्द्रकोट, धुर्कोट, मदाने र रुरुक्षेत्र गाउँपालिकाले उत्तरपुस्तिका जाँच आजबाटै सुरु भएकाे छ । 

अनिल खत्री अनिल खत्री
२०८२ चैत १९ गते १९:३४

१९ चैत, गुल्मी ।  माध्यमिक शिक्षा परीक्षा (एसईई)अन्तर्गत बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।

परीक्षा सम्पन्न भएलगत्तै गुल्मीका चार वटा स्थानीय तहले पहिलो दिनबाटै उत्तरपुस्तिका जाँच सुरु गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार चन्द्रकोट, धुर्कोट, मदाने र रुरुक्षेत्र गाउँपालिकाले उत्तरपुस्तिका जाँच आजबाटै सुरु भएकाे छ ।

आज सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि उनले बताए । बाँकी रहेका स्थानीय तहले शुक्रबारबाट उत्तरपुस्तिका जाँच गर्न सुरु गर्ने घिमिरेले बताए ।

यसवर्ष गुल्मीबाट १५१ विद्यालयका चार हजार ४५२ जना विद्यार्थी एसईईमा सहभागी छन् । गतवर्षको तुलनामा अहिले विद्यार्थीको सङ्ख्या घटेको छ ।

२०८१ को एसईईमा १३८ विद्यालयबाट चार हजार ८५७ परीक्षार्थी सहभागी थिए ।

गतवर्षभन्दा अहिले ४०५ जना परीक्षार्थी कम छन् । अहिले नियमित साधारणतर्फ तीन हजार ३४२, प्राविधिकतर्फ २५८ र ग्रेड वृद्धितर्फ ८५१ जना परिक्षार्थी सहभागी हुने छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?