News Summary
Generated by OK AI. Editorially reviewed.- सनराइजर्स हैदराबादले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।
- हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो ।
- कोलकाता १६ ओभरमा १६१ रनमा अलआउट भयो ।
१९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो ।
कोलकाताको भने यो लगातार दोस्रो हार हो । घरेलु मैदान इडेन गार्डेन्समा २२७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा अलआउट भयो ।
ओपनर फिन इलेनले पहिलो ओभरमै डेभिड पेनलाई २ छक्का र ३ चौका प्रहार गरेपछि पहिलो ओभरबाटै २५ रन आएको थियो । त्यसपछि एक चौका प्रहार गरी एलेन ७ बलमा २८ रन बनाएर आउट भए । कप्तान अजिन्क्या रहाने पनि ८ रनमै आउट भए ।
अंगकृश रघुवंशीले अर्धशतकसहित ५२ रन बनाए । २९ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । रिंकु सिंहले ३५ रन बनाए ।
हैदराबादका लागि जयदेव उनादकटले ३ ओभरमा २१ रन दिएर ३ विकेट लिए । इशान मलिंगा र नितिश कुमार रेड्डीले समान २-२ तथा हर्ष दुबेले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो । हेनरिच क्लासेनले ३५ बलमा ५२ रन बनाए । अभिषेक शर्माले २१ बलमा ४८, ट्राभिस हेडले २१ बलमा ४६ रन बनाए । नितिशले ३९ रन बनाए ।
कोलकाताका लागि ब्लेसिङ मुजाराबानीले ४ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । वैभव अरोराले २ तथा कार्तिक त्यागी र अनुकुल रोयले १-१ विकेट लिए ।
प्रतियोगितामा पहिलो जित निकालेको हैदराबादले २ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ भने लगातार दुई हार बेहोरेको कोलकाता अंकविहीन रहँदै नवौं स्थानमा छ ।
प्रतिक्रिया 4