News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका सांसद परशुराम तामाङले आदिवासीहरू अझै उत्पीडित र विभेदको भारीबाट मुक्त नभएको बताए।
- सांसद तामाङले सरकारले दलित समुदायप्रति क्षमा माग्नु स्रहानीय भएको उल्लेख गरे।
- उनले नेपाल सरकारलाई इतिहासको त्रुटि सच्याएर जाति बीच मेलमिलाप र एकता सम्बर्धन गर्न आग्रह गर्नुभयो।
२५ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद परशुराम तामाङले विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धनका लागि इतिहासको त्रुटि सच्याउन सरकारसँग आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले दलित समुदायप्रति क्षमा माग्नु स्रहानीय भएको भन्दै अझै पनि आदिवासीहरू उत्पीडित र विभेदको भारीबाट मुक्त भइनसकेको बताए ।
उनले भने, ‘म यस्तो समुदायप्रति स्वतन्त्र सरकारको ध्यान आकर्षण गर्दछु, जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पुर्खेली भूमि खोस्यो, मातृभाषा निषेध गर्यो, हाम्रो धर्म र संस्कृति प्रति घृणा गर्यो, राज्यसत्ताबाटै बञ्चित गर्यो । त्यतिमात्र होइन राज्यले मासिन्य मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्न पाउने अधिकार छिन्यो । अझै पनि आदिवासीहरू त्यो उत्पीडित र विभेदको भारीबाट मुक्त भइसकेको छैन । म त्यही मासिन्य मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ । सभामुख महोदय, म नेपाल सरकारलाई राज्यको तर्फबाट विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धनका लागि इतिहासको त्रुटि सच्याउन आग्रह गर्दछु ।’
प्रतिक्रिया 4