+
+
Shares

विद्युत् प्राधिकरण बैठक : थप आठ जेनजी शहीदका परिवारलाई रोजगारी दिने निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट भएका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप आठ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट भएका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो।
  • प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो।

२५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले थप आठ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट भएका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो ।

बुधबार बैठकमा काठमाडौं वनस्थलीका रोजित श्रेष्ठ, उदयपुरका अम्बिका विश्वकर्मा, सिन्धुपाल्चोकका सुमित्रा महत र शितल पौडेल, संखुवासभाका मौसम कुलुङ, सर्लाहीका पार्वती अधिकारी, बझाङका हेमन्ती विष्ट र लमजुङका मञ्जु पौडेललाई रोजगारी दिने निर्णय भएको जनाइएको छ ।

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी सञ्चालक समितिलाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?