२५ चैत, काठमाडौँ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई जानकारी दिए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।
कसरी भयो घटना ?
बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्यो । उनीहरू एकापसमा अपरिचित समेत हुन् । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भयो । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन आउन भने । त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुग्छन् । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गर्छन् ।
प्रतिक्रिया 4