+
+
Shares

उपसभामुखमा मनोनयन दर्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ६:१७

२६ चैत, काठमाडौं । उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।

भोलि शुक्रबार निर्वाचन हुनेछ ।

सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुख हुन्छन् भन्ने विषय पनि कुन दलबाट रास्वपामै निर्भर रहन्छ ।

संविधानत: सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।

‘निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ ।

सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । उनी पुरुष हुन् । अब महिला र फरक दलबाट उपसभामुख हुनुपर्छ ।

प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?