+
+
Shares

डेब्यू नाटक ‘सेतो धरती’ मा बेनिशाको यस्तो रुप (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १४:०५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री बेनिशा हमालको डेब्यू नाटक ‘सेतो धरती’ २७ चैतदेखि १९ वैशाखसम्म कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ।
  • नाटक ‘सेतो धरती’ साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तकमा आधारित छ।
  • नाटकको निर्देशन सुन्दर धितालले गर्नेछन् र ३० भन्दा बढी कलाकारले अभिनय गर्नेछन्।

काठमाडौं । अभिनेत्री बेनिशा हमालको डेब्यू नाटक ‘सेतो धरती’को मञ्चन शुक्रबारदेखि सुरु हुँदैछ । कान्तिपुर थिएटरमा सुरु हुने मञ्चन १९ बैशाखसम्म चल्नेछ ।

साहित्यकार अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता पुस्तकमा आधारित हुने यो नाटकबाट बेनिशाले डेब्यू गर्ने भएपछि दर्शकमाझ चर्चा चुलिएको छ ।

यो नाटकको निर्मात्रीमा अभिनेत्री रेखा थापा पनि जोडिएकी छन् । रेखाले यसअघि कान्तिपुर थिएटरकै नाटक ‘मीरा’ बाट रंगमञ्चमा डेब्यू गरेकी थिइन् ।

बुधबार बेलुका यो नाटकको रिहर्सल मञ्चन गरिएको थियो, जहाँ बेनिशासहितका कलाकारको प्रस्तुति आकर्षक रहेको जनाइएको छ । ‘रिहर्सलमा उहाँको अभिनयमा परिपक्वता थियो । अझै निखारिँदै जाला’ कान्तिपुर थिएटरका सीइओ प्रकाश पुरीले भने ।

नाटकलाई सुन्दर धितालले निर्देशन गर्नेछन् । नाटकमा अभिनेत्री हमालसहित कान्तिपुर थिएटरका ३० भन्दा धेरै कलाकारले समेत अभिनय गर्दैछन् ।

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा रेखा र पारिजातको उपन्यास ‘शिरीषको फूल’ मा जीवन लुइँटेललाई डेब्यू गराएर नाटक बनाइसकेको छ ।

नाटक ‘सेतो धरती’ २७ चैत शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?