+
+
Shares

देउवा समूहको रिटमा जवाफ फर्काउँदै गगनले भने- विशेष महाधिवेशन विधानसम्मत छ

कांग्रेसको विशेष महाधिवेशन विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट निवेदनको जवाफ दिँदै थापाले विशेष महाधिवेशनलाई कानुन एवं विधान विपरीत भन्न नहुने दाबी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १४:०५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत पुसमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत रहेको जिकिर गरेका छन्।
  • थापाले विशेष महाधिवेशनलाई कानुन एवं विधान विपरीत भन्न नहुने दाबी गर्दै रिट निवेदनको जवाफ दिएका छन्।
  • उनले केन्द्रीय समितिका जिम्मेवार पदाधिकारी महामन्त्रीहरूले आव्हान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न नमिल्ने उल्लेख गरेका छन्।

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रहेको जिकिर गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशन विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट निवेदनको जवाफ दिँदै थापाले विशेष महाधिवेशनलाई कानुन एवं विधान विपरीत भन्न नहुने दाबी गरेका हुन् ।

२४ मंसिर २०७८ मा कांग्रेसको १४औं महाधिवेशन भएको थियो । र, त्यो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको कार्यकाल २३ मंसिर, २०८२ मा सकिएको थापा समूहको जिकिर थियो ।

असाधारण परिस्थिति भन्दै सुरुमा माघ मसान्त र पछि जेठ २०८३ मसान्तसम्म पदावधि थप भएको भन्दै थापा समूहले हचुवाको भरमा असाधारण परिस्थिति भनेर पटक-पटक म्याद थप्न नहुने जिकिर गरेको हो ।

त्यस्तो अवस्थामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको र त्यसका आधारमा महाधिवेशन भएको उनीहरूको जिकिर हो । त्यही पृष्ठभूमिमा गत पुसमा विशेष महाधिवेशन भएको उनको जिकिर हो ।

नेपाली कांग्रेसको विधानमा नै केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने भनिएको अनि महामन्त्रीले नै त्यसको रेखदेख र सञ्चालन गर्ने व्यवस्था रहेको भन्दै उनले त्यस्तो अवस्थामा महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न नमिल्ने जिकिर गरेका हुन् । उनले लिखित जवाफमा भनेका छन्, ‘ केन्द्रीय समितिका जिम्मेवार पदाधिकारी महामन्त्रीहरूले आव्हान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न मिल्ने देखिँदैन ।’

केन्द्रीय विशेष महाधिवेशनले कार्यसमितिका पदाधिकारी र सदस्यहरू निर्वाचित गरेको विषयलाई अन्यथा भन्न नमिल्ने दाबीसहित उनले प्रचलित कानुन अनुसार नै आफ्नो पार्टी निर्वाचन आयोगमा अद्यावधिक भएको जिकिर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?