News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका छन्।
- राप्रपाले एकल रूपमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ भने सत्तारुढ दल रास्वपाले रुबी कुमारीलाई समर्थन गरेको छ।
- उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने लगभग निश्चित छ किनभने सत्तारुढ दल रास्वपासँग झन्डै दुई तिहाइ मत छ।
२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् ।
राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको छ ।
राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन् । श्रम संस्कृतिकी रुबीको प्रस्तावक पार्टीका सांसद आरेन राई छन् भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गरेका छन् ।
उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने लगभग निश्चितजस्तै छ । सत्तारुढ दल रास्वपासँग एक्लै झन्डै दुई तिहाइ मत छ ।
प्रतिक्रिया 4