+
+
Shares

आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख चयनका लागि आज अपराह्न निर्वाचन हुँदैछ।
  • उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राप्रपाकी सांसद सरस्वती लामा उम्मेदवार छन्।
  • रास्वपाले रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ।

२७ चैत, काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।

२५ वर्षीया ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेकाले उसको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?