News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले यूएईसँग त्रिवि क्रिकेट मैदानमा अप्रिल २० र २१ मा दुई टी-२०आई खेल्ने भएको छ ।
- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा अप्रिल २५ देखि नेपाल, ओमान र यूएईबीच शृंखला हुनेछ ।
- मे १२ देखि २२ सम्म नेपालमा अमेरिका र स्कटल्यान्डसहित त्रिदेशीय शृंखला हुनेछ ।
२७ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीले यूएईसँग त्रिवि क्रिकेट मैदानमा दुई टी-२०आई खेल्ने भएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२०आई खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अप्रिल २० र २१ मा दुई खेल हुनेछन् । लिग २ को शृंखला भने अप्रिल २५ देखि हुँदैछ ।
नेपाल र यूएईबीचको खेललाई एसोसियट क्रिकेटको एल क्लासिकोका रूपमा समेत लिने गरिन्छ । पछिल्लोपटक टी-२० विश्वकप छनोटमा खेलेका थिए ।
नेपालमा लिग २ को अर्को शृंखला पनि हुनेछ । मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला हुनेछ ।
यस्तै नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरको खेलहरू खेल्ने तय भएको छ ।
प्रतिक्रिया 4