News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।
- नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो।
- घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा, ३ जनाको आधारभूत अस्पतालमा र ६ जनाको बुटवलमा उपचार भइरहेको छ।
२७ चैत, कृष्णनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटना लगत्तै प्रहरी टोली यात्रुको उद्धारमा खटिएको थियो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4