News Summary
Generated by OK AI. Editorially reviewed.- चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएर दिल्लीलाई २१३ रनको लक्ष्य दिएको छ।
- ओपनर सन्जु सामसनले ५६ बलमा ११५ रन बनाएर नटआउट रहे भने आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए।
- चेन्नईले ४ खेलमा पहिलो जित निकालेको छ र २ अंक जोडेर १०औंबाट नवौं स्थानमा उक्लिएको छ।
२८ चैत, काठमाडौं । ओपनर सन्जु सामसनको शतक तथा पेस बलर जेमी ओभरटनको ४ विकेट मद्दतमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा पहिलो जित हासिल गरेको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्लीमाथि २३ रनको जित हासिल गरेको हो । चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो ।
दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए । पथुम निसान्काले ४१ रन बनाए । आशुतोष शर्माले १९, केएल राहुलले १८ तथा डेभिड मिलरले १७ रन बनाए ।
चेन्नईका लागि ओभरटनले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । अंशुल कम्बोजले ३ तथा खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो । ओपनर सन्जु सामसनले शतक प्रहार गरे भने आयुष म्हात्रेले अर्धशतक बनाए ।
सामसनले ५६ बलमा १५ चौका र ४ छक्कासहित ११५ रन बनाएर नटआउट रहे । आयुषले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए । शिवम दुबे २० रनमा नटआउट रहे ।
दिल्लीका लागि कप्तान अक्षर पटेलले १ विकेट लिए ।
योसँगै ४ खेलमा पहिलो जित निकालेको चेन्नई २ अंक जोड्दै १०औंबाट नवौं स्थानमा उक्लिएको छ । ४ खेल खेल्दा लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अंकका साथ चौथो स्थानमा छ ।
आजै भएको पहिलो खेलमा पन्जाब किङ्सले सनराइजर्स हैदराबादलाई हराउँदै अपराजित यात्रा कायमै राखेको छ ।
प्रतिक्रिया 4