News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले चुनावपछि पुनः छलफल थालेको छ।
- असन्तुष्ट पक्षको बैठक महामन्त्री धवलशमशेर राणाको अगुवाइमा काठमाडौंको होटल यलो पगौडामा भइरहेको छ।
- अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिएर महाधिवेशन कमिटी गठन गर्नुपर्ने विषयमा छलफल भइरहेको छ।
२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले पुन: छलफल थालेको छ । संस्थापनइतरको बैठक चुनावपछि फेरि बस्न सुरु गरेको हो ।
महामन्त्री डा.धवलशमशेर राणाको अगुवाइमा असन्तुष्ट पक्षको बैठक काठमाडौंको कान्तिपथस्थित होटल यलो पगौडामा बसिरहेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिएर महाधिवेशन कमिटी घोषणा गर्नुपर्ने विषयमा बैठकमा छलफल हुनेछ ।
सहभागी नेताले भने, ‘चुनावी पराजय, अध्यक्षले राजीनामा दिएर महाधिवेशन आयोजक कमिटी गठन, उपसभामुखमा उम्मेदवारी लगायतमा छलफल भइरहेको छ ।’
अध्यक्ष लिङ्देन नेतृत्वको समितिको अवधि मंसिरमा सकिएको थियो । चुनावपछि महाधिवेशन गर्ने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।
निर्वाचनमा पार्टीको पराजय पछि निर्देशक समितिका संयोजक प्रकाशचन्द्र लोहनीले केन्द्रीय पदाधिकारीले राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।
महाधिवेशनसम्मका लागि तदर्थ समिति गठन गरेर पदाधिकारी सबैले राजीनामा दिनुपर्ने लोहनीको बताएका थिए ।
महामन्त्री धवलशमशेर राणा पक्षधर सभामुखमा उम्मेदवारी दिएको प्रति नेतृत्वसँग असन्तुष्ट छ ।
प्रतिक्रिया 4