+
+
Shares

मरिसस र सिंगापुरका मन्त्रीहरूसँग परराष्ट्रमन्त्री खनालको भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुँदै मरिसस र सिङ्गापुरका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्।
  • खनालले मरिससका विदेश मन्त्री धनञ्जय रामफल र सिङ्गापुरका विदेश राज्यमन्त्री जुल्कर्नाइन अब्दुल रहीमसँग आपसी सम्बन्ध सुदृढीकरणमा छलफल गरेका थिए।
  • भेटवार्तामा क्षेत्रीय सहकार्य, द्विपक्षीय हित र साझा चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

२९ चैत, काठमाडौं । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच।इ। जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?