+
+
Shares

हुम्लाकाे नेप्का गाउँ एकसातादेखि सञ्चारविहीन

नेपाल टेलिकमकाे टावर बिग्रिएपछि एक सातादेखि नेप्का गाउँ सञ्चारविहीन बनेकाे हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका-५ नेप्का गाउँ एकसतादेखि सञ्चारविहीन बनेको छ।
  • नेपाल टेलिकमको टावर बिग्रिएपछि ६७ घरधुरीका नागरिक सञ्चारविहीन भएका छन्।
२९ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ नेप्का गाउँ एकसतादेखि सञ्चारविहीन बनेकाे छ।
नेपाल टेलिकमकाे टावर बिग्रिएपछि एक सातादेखि नेप्का गाउँ सञ्चारविहीन बनेकाे हाे ।
एकसातादेखि टेलिकम टावरले काम गर्न छाेडेपछि जिल्ला बाहिर रहेका आफान्तसँग सम्पर्क विच्छेद भएको चंखेली गाउँपालिका-५ की मंगला तामाङले गुनासो गरिन् ।
वडा नम्बर -५ का ६७ घरधुरीका नागरिकहरू सञ्चारविहीन वडा नम्बर ५ का अध्यक्ष हर्कधन तामाङले जानकारी दिए।
नेटवर्क आउने-जाने समस्या भए पनि एकसातादेखि भने नेटवर्कले काम गर्न छाेडेकाे उनको गुनासो छ ।
नेटवर्कले काम नगरेको बारेमा नेपाल टेलिकम हुम्लाका प्रमुखसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?