+
आईपीएल २०२६ :

आईपीएलमा बेंगलुरुको तेस्रो जित, मुम्बईको तेस्रो हार

२०८२ चैत  ३० गते ०:०७ २०८२ चैत ३० गते ०:०७
आईपीएलमा बेंगलुरुको तेस्रो जित, मुम्बईको तेस्रो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल क्रिकेटमा मुम्बईलाई १८ रनले हराउँदै तेस्रो जित हासिल गरेको छ।
  • बेंगलुरुले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो।
  • फिल साल्टले ७८ रन र कप्तान रजत पाटिदारले ५३ रन बनाए भने मुम्बईका शेरफन रदरफोर्डले ७१ रन बनाए।

२९ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न ‘हाई स्कोरिङ’ खेलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हराएको हो ।

बेंगलुरुले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनायो । मुम्बईका लागि शेरफन रदरफोर्डले ३१ बलमा सर्वाधिक ७१ रन बनाएपनि जित दिलाउन सकेनन् ।

कप्तान हार्दिक पान्ड्याले ४० तथा रायन रिकेल्टनले ३७ अनि सूर्यकुमार यादवले ३३ रन बनाए । बेंगलुरुका सुयाश शर्माले २ विकेट लिए भने ज्याकब डफी, रसिख सलाम र क्रुनाल पान्ड्याले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ४ विकेट गुमाएर २४० रन बनाएको थियो । शीर्ष ३ ब्याटरले नै अर्धशतक प्रहार गरे ।

फिल साल्टले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७८ रन बनाए । कप्तान रजत पाटिदारले २० बलमा ४ चौका र ५ छक्कासहित ५३ रन बनाए । विराट कोहलीले ५० रन बनाए । टिम डेभिडले १६ बलमा ३४ रनका साथ फिनिसिङ गरे ।

मुम्बईका लागि ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या, मिचेल सान्टनर र शार्दुल ठाकुरले १-१ विकेट लिए ।

जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेसरो स्थानमै छ भने तेस्रो हार बेहोरेको मुम्बई २ अंकसहित आठौं स्थानमा छ ।

आईपीएल २०२६ मुम्बई इन्डियन्स रोयल च्यालेन्जर्स बेंगलुरु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय