+

सन्जु सामसन मार्चको आईसीसी ‘प्लेयर अफ दि मन्थ’

२०८३ वैशाख  १ गते १४:४८ २०८३ वैशाख १ गते १४:४८
सन्जु सामसन मार्चको आईसीसी ‘प्लेयर अफ दि मन्थ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका विकेटकिपर ब्याटर सन्जु सामसनलाई मार्च महिनाको आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित गरिएको छ।
  • सामसनले मार्चमा तीन खेलमा २७५ रन बनाएर भारतलाई टी-२० विश्वकप २०२६ मा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले।
  • सामसनको यो पहिलो आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड हो।

१ वैशाख, काठमाडौं । भारतका विकेटकिपर ब्याटर सन्जु सामसन मार्च महिनाको आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित गरिएको छ ।

गत महिना सम्पन्न आईसीसी टी-२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले यो अवार्ड जितेका हुन् ।

सुरुवाती चरणमा टोलीमा नियमित स्थान नपाएका सामसनले सुपर–८ देखि अवसर पाएपछि शानदार ब्याटिङ गरे ।

उनले वेस्ट इन्डिजविरुद्ध ९७ रन बनाए भने इंग्ल्यान्डसँगको सेमिफाइनल र न्युजिल्यान्डसँगको फाइनलमा समान ८९–८९ रनको योगदान दिए ।

मार्चमा खेलेका तीन खेलमा उनले २७५ रन बनाउँदै १३७.५० को औसत र १९९ भन्दा माथिको स्ट्राइक रेट कायम गरे । उनको प्रदर्शनकै कारण भारतले उपाधि रक्षा गर्न सफल भयो ।

सामसनको करियरमा यो पहिलो आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड हो ।

आईसीसी प्लेयर अफ दि मन्थ सन्जु सामसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय