News Summary
Generated by OK AI. Editorially reviewed.- चेन्नई सुपर किङ्सले आईपीएलमा लगातार दोस्रो जित हासिल गर्दै कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।
- चेन्नईले १९२ रन बनाएपछि कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।
- चेन्नईका नूर अहमदले ३ विकेट लिए भने कोलकाताका रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए।
१ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ भने कोलकाता नाइट राइडर्सले चौथो हार बेहोर्दै खराब यात्रा जारी राखेको छ ।
मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो । चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो ।
कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए । रोभमन पावेलले ३१, अजिन्क्या रहानेले २८, अंगकृश रघुवंशीले २७ तथा सुनिल नराइनले २४ रन बनाए ।
चेन्नईकका लागि नूर अहमदले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । अंशुल कम्बोजले २ विकेट लिए भने खलील अहमद र अकिल होसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ४१, आयुष म्हात्रेले ३८ रन बनाए । सरफराज खानले २३ रन बनाए ।
कोलकाताका लागि कार्तिक त्यागीले २ विकेट लिँदा वैभव अरोरा, अनुकुल रोय र सुनिल नराइनले १-१ विकेट लिए ।
प्रतियोगितामा दोस्रो जित हासिल गरेको चेन्नई ५ खेलमा ४ अंकसहित आठौं स्थानमा उक्लिएको छ । हालसम्म जितविहीन नै रहेको कोलकाता भने ५ खेलमा १ अंकसहित पुछारमा छ ।
प्रतिक्रिया 4