News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीले सुनसरी बर्जु गाउँपालिका–६ बाट गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
- पक्राउ परेकाको साथबाट एउटा गैडाको खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले बताए।
- पक्राउ परेकाको नाम गोप्य राखिएको र सञ्जाल ठूलो भएकाले अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
४ वैशाख, सुनसरी । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।
झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुशन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।
प्रतिक्रिया 4