+
+
Shares

ट्रकको ठक्करबाट एक जनाको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते ५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट गोरखाका ६१ वर्षीय खुदबहादुर थापाको मृत्यु भएको छ।
  • दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो।
  • घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको थियो र चिकित्सकले बिहीबार साँझ ५ः४८ बजे मृत घोषणा गरेका थिए।

४ वैशाख, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा चिकित्सकले बिहीबार साँझ ५ः४८ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?