+
+
Shares

कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूसँग ६ वैशाखमा सानेपामा छलफल गर्ने भएको छ।
  • कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्रीहरू नियुक्त गरेको विषयमा पनि छलफल हुने बताइएको छ।

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।

६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

बैठकमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए ।

बैठकमा गण्डकीमा मन्त्रीहरू परिवर्तन गरेको विषयमा पनि छलफल हुने बताइएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्रीहरू नियुक्त गरेका थिए।

कांग्रेस र एमालेलाई ४/४ मन्त्रालय भागबन्डा गरेर उनले बुधबार मन्त्री हेरफेर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?