+
+
Shares

सम्झौता नगरी काममा लगाउनेलाई कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी

मन्त्रालयले केही अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानले श्रम सम्झौता नगरी काममा लगाउने गरेको पाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
  • मन्त्रालयले केही अस्पताल, स्वास्थ्य संस्था र अन्य प्रतिष्ठानले श्रमिकलाई कानुन विपरीत काममा लगाएको उजुरी पाएपछि कारबाही गर्ने चेतावनी दिएको छ।
  • रोजगारदाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन नपाइने र तोकिएको समयभन्दा बढी काम गराउन नहुने कानुनी व्यवस्था मन्त्रालयले स्मरण गराएको छ।

४ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने र तोकिएको समयभन्दा बढी काम गराउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानले श्रम सम्झौता नगरी काममा लगाउने गरेको पाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

रोजगारदाता र श्रमिकबीच सेवा, सर्त तथा सुविधा सम्बन्धी रोजगार सम्झौता अनिवार्य रूपमा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सम्झौतापछि मात्र श्रमिकलाई काममा लगाउन पाइने र नियुक्तिपत्र समेत सोही अन्तर्गत पर्ने स्पष्ट गरिएको छ ।

विज्ञप्तिमा रोजगारदाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन नपाइने, प्रशिक्षार्थीलाई दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नहुने तथा अन्य श्रमिकलाई पनि कानुनले तोकेको समयसीमा भन्दा बढी काम गराउन नपाइने उल्लेख छ ।

यस्तै अतिरिक्त समय (ओभरटाइम) काम गराउँदा पनि कानुनी प्रावधान अनुसार सीमित घण्टामात्र लगाउन पाइने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।

मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र नर्सिङ स्टाफ सहित अन्य प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई नियमविपरीत काममा लगाइएको र कानुनले तोकेभन्दा बढी समय काम गराइएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएका छन् ।

यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई प्रचलित श्रम कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, कानुन विपरीत कार्य गरेको पाइए श्रम ऐन २०७४ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?