News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो महिला विरोधी गीत युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी परेको छ।
- उजुरीमा भनिएको छ, गीतमा महिला विरोधी तथा यौनिक, लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणा जगाउने अभिव्यक्ति रहेको छ।
- उजुरी दर्ता गर्नेहरूले आवश्यक अनुसन्धान गरी कार्वाहीको माग गरेका छन् र उक्त गीत २० मिनेट १४ सेकेन्ड लामो रहेको उल्लेख छ।
काठमाडौं । प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ ।
हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले उक्त गीत गाएका थिए । गीतलाई सङ्स नेपाल लगायतका युट्युब च्यानलले अपलोड गरेका थिए ।
सो गीत महिला विरोधी तथा यौनिक, लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणा जगाउने खालको भएकाले युट्युबबाट हटाउन माग गर्दै उजुरी परेको साइबर ब्यूरोले जनाएको छ ।
विवेक मगर, रोजी पुन, महिन्द्रसिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दायर गरेको उजुरीमा ‘सङ्स नेपाल युट्युब च्यानल’बाट उक्त गीत हटाउन माग गरिएको छ ।
२० मिनेट १४ सेकेन्ड लामो भिडिओको लिङ्कसहितको विवरण समेत उल्लेख गरिएको उजुरीमा भनिएको छ, ‘…भिडिओमा बालेन्द्र शाह (बालेन) प्रयोग गरिएका शब्दहरू महिला विरोधी तथा अपमानजनक साथै यौनिक तथा अल्पसङ्ख्यक समुदाय विरुद्ध घृणात्मक अभिव्यक्ति समावेश गरिएको छ ।’

आवश्यक अनुसन्धान गरि कार्वाहीको माग गर्दै उजुरी दिइएको छ । १२ वर्षअघि यमबुद्ध लगायतका हिपहप कलाकारले नेपहपलाई प्रवर्धन गर्न ‘रअ बार्ज’ कार्यक्रम आयोजना गरेका थिए ।
उक्त कार्यक्रममा बालेनले र्याप गायन गरेका थिए । तर, राष्ट्रिय राजनीतिमा बालेनको उदय भएपछि त्यतिबेलाका भिडियो अहिले आएर भाइरल बनेको देखिन्छ ।
प्रतिक्रिया 4