News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्सेले सोमबारदेखि नयाँ सर्किट ब्रेक व्यवस्था लागू गर्ने भएको छ जसमा कारोबार सुरु भएको दुई घण्टाभित्र ५ प्रतिशतले परिसूचक बढे वा घटेमा पहिलो ब्रेक लाग्नेछ।
- पहिलो सर्किट ब्रेक लागेपछि १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ र त्यसपछि परिसूचक ८ प्रतिशतले बढे वा घटेमा दोस्रो ब्रेक लागेर सो दिनको लागि कारोबार स्थगित हुनेछ।
- पहिले तीन सर्किट ब्रेकको व्यवस्था थियो, अब दुई सर्किट ब्रेक मात्रै रहने र सर्किट ब्रेकरको सीमा बढाइएको छ।
४ वैशाख, काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि नयाँ व्यवस्था लागु गर्ने भएको हो ।
नयाँ व्यवस्था अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा पाँच प्रतिशतले बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्नेछ । त्यसपछि १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ ।
१५ मिनेटपछि खुलेको कारोबारमा फेरि नेप्से परिसूचक ८ प्रतिशतले बढेमा वा घटेमा सो दिनको लागि कारोबार स्थगित हुनेछ । अब बजारमा दुई सर्किट ब्रेक मात्रै लाग्नेछ । तर सर्किट ब्रेकरको सीमा बढाइएको हो ।
हालसम्म तीन सर्किट ब्रेकको व्यवस्था थियो । पहिलो एक घण्टाभित्र ४ प्रतिशत बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगित हुने गर्दथ्यो ।
त्यसपछि खुलेको कारोबारमा ५ प्रतिशत बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित हुने व्यवस्था थियो । त्यस्तै ४० मिनेटपछि खुलेको बजारमा अघिल्लो दिनको तुलनामा समग्रमा ६ प्रतिशतसम्म नेप्से परिसूचक बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था हाल कायम थियो ।
प्रतिक्रिया 4