News Summary
Generated by OK AI. Editorially reviewed.- तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड' अमेरिका, अस्ट्रेलिया र बेलायतमा शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएको छ।
- नेपालमा फिल्म १ बैशाख २०८३ देखि रिलिज भइसकेको छ र अन्य बजारमा क्रमशः रिलिज गरिनेछ।
- पश्चिम एसियामा अमेरिका र इरान युद्धका कारण खाडी मुलुकमा नेपाली फिल्मको प्रदर्शन रोकिएको छ।
काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ शुक्रबारदेखि तीन ठूला डायस्पोरा बजारमा एकसाथ प्रदर्शनमा आएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार अमेरिका, अस्ट्रेलिया र बेलायतमा फिल्म एकसाथ रिलिज भएको हो ।
ती मुलुकका ठूला राज्य र सहरस्थित सबै हलमा फिल्म चलिरहेको जानकारी वितरकले दिएका छन् । नेपालमा भने यो फिल्म चार दिनअघि नै नेपाली नयाँवर्ष २०८३ को पहिलो दिन अर्थात १ बैशाखको मंगलबारदेखि रिलिज भैसकेको छ ।
अहिले यी तीन ठूला बजारमा रिलिज गरेर अन्यमा भने क्रमशः रिलिज गरिने जनाइएको छ । पश्चिम एसियामा भैरहेको अमेरिका र इरान युद्धको कारण तत्काललाई खाडी मुलुकमा नेपाली फिल्मको प्रदर्शन र वितरण रोकिएको छ । युद्ध नथामिएसम्म उक्त क्षेत्रमा प्रदर्शनको सम्भावना छैन ।
विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री र पञ्चमी घिमिरे स्टारर यो फिल्मबाट निर्देशक घिमिरे लामो समयपछि निर्देशनमा फर्किएका हुन् । यो उनको २४ औं निर्देशकीय फिल्म हो ।
युवा जनशक्ति विदेश पलायन हुँदा नेपालका पहाडमा त्यसले ल्याउने सामाजिक, आर्थिक र वातावरणीय असरको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया 4