News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म थप गरेको छ।
- आयोगले ३० चैतमा बसेको बैठकमा मन्त्रालय र निकायको माग अनुसार समय थप गर्ने निर्णय गरेको हो।
- आर्थिक वर्ष २०८१ को नयाँ आयोजना चालु आवको फागुन मसान्तभित्र प्रविष्टि गरिसक्नुपर्ने व्यवस्था छ।
४ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म थप गरेको छ ।
राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ अनुसार आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजनाको चालु आवको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्टि गरिसक्नु पर्ने व्यवस्था छ । आयोगले १ चैतमा यो अवधि थप गरी २२ चैतसम्म पुर्याएको थियो ।
तर, विषयगत मन्त्रालय तथा निकायले पूर्वतयारीमा समय लाग्ने भन्दै माग थप्न मौखिक अनुरोध गरेपछि सो समयावधि १० वैशाखसम्म थप गर्ने निर्णय ३० चैतमा बसेको आयोगको बैठकले गरेको हो । यसअघि आयोगले तोकिएको ढाँचामा आयोजना प्रविष्टि नभएको भन्दै सच्याउन मन्त्रालय तथा निकायहरुलाई भनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4