News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको ठमेलबाट २८ थान नक्कली ५ सय दरका नोटसहित राम कुमार पाख्रिन र शिव घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेकाहरुबाट नोट छाप्न प्रयोग भएको मेसिन समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।
- काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरुको अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ।
४ वैशाख, काठमाडौं । २८ थान नक्कली नोटसहित ठमेलबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धलीको घ्याङलेख गाउँपालिका–५ घर भएका २४ वर्षीय शिव घिसिङ छन् । उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबा खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट ५ सय दरका २८ थान नक्कली नोट बरामद भएको छ । नोट छाप्न प्रयोग भएको मेसिन समेत उनीहरुबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4