+
+
Shares

बास्केटबल र फुटसल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रृजनशील स्पोर्ट्स क्लब र फुटसल भिजन स्पोर्ट्स एकेडेमीले अन्तरकलेज बास्केटबल र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • बास्केटबल बैशाख ५ गतेदेखि ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा हुनेछ ।
  • फुटसल प्रतियोगिता बैशाख ७ गतेदेखि ग्रान्डी स्पोर्ट्स एकेडेमीमा सुरु हुनेछ ।

४ बैशाख, काठमाडौं । बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ ।

थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गर्ल्समा ४० गरी एक सय टिम सहभागी हुने श्रृजनशीलका अध्यक्ष सुदेवजंग पण्डितले जनाएका छन् ।

टोखा नगरपालिका वडा १०, सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा खेलाइने प्रतियोगिता प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु हुनेछ ।

फुटसलमा २४ ब्वाइज टिमको सहभागिता रहने भिजनका अध्यक्ष वृजेश बोहराले जानकारी गराए । प्रतियोगिता टोखा नगरपालिका वडा ६ स्थित ग्रान्डी स्पोर्ट्स एकेडेमीमा खेलाइने छ । फुटसल बैशाख ७ गतेदेखि सुरु हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा हुने दुवै प्रतियोगिता नकआउट आधारमा खेलाइने छ । दुवै प्रतियोगिताका विजेतालाई प्रमाण पत्र, पदक र नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?