+
+
Shares

विशेष महाधिवेशनलाई मैले मानेको छैन, मान्दिनँ : विमलेन्द्र निधि

‘सर्वोच्च अदालतको निर्णयमा मेरो केही भन्नु छैन । तर, विशेष महाधिवेशन मैले मानेको छैन । मान्दा पनि मान्दिनँ,’ उनले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतको फैसलाबारे कुनै प्रतिक्रिया नभएको र विशेष महाधिवेशन आफूले नमान्ने स्पष्ट पारेका छन्।
  • सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई निर्वाचन आयोगको आधिकारिकता दिने निर्णय सदर गरेको छ।
  • निधिले पार्टीका अन्य नेताहरूसँग छलफल गरेर अन्य विषयमा निर्णय गर्ने बताए।

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकताबारे सर्वोच्चको फैसलाबारे आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशन आफूले नमानेको र अब पनि नमान्ने बताए ।

‘सर्वोच्च अदालतको निर्णयमा मेरो केही भन्नु छैन । तर, विशेष महाधिवेशन मैले मानेको छैन । मान्दा पनि मान्दिनँ,’ उनले अनलाइनखबरसँग भने ।

उनले अन्य विषयमा पार्टीका नेताहरूसँग छलफल गरेर निर्णय गर्ने पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?