+
+
Shares

सबै अग्रजलाई सँग लिएर अघि बढ्नेछौं : विश्वप्रकाश शर्मा

सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले गगनकुमार नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जासाथ अघि बढ्ने बताएका छन्।
  • विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा 'नवीन ऊर्जासाथ हामी अघि बढ्नेछौं' भनी सबै अग्रजलाई सँगै लिएर बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • उनीहरूले सबैको जीत र हित सुनिश्चित गर्दै बदलिएको कांग्रेसलाई अझ बलियो बनाउने र नवीन संभावनाको यात्रामा अघि बढ्ने योजना रहेको उल्लेख गरेका छन्।

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नवीन ऊर्जासाथ हामी अघि बढ्नेछौं । श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं,’ गगन थापा सभापति हुँदा माला लगाइदिँदै गर्दाको तस्बिरसहित उनले लेखेका छन्, ‘सबैको जीत, सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं । बदलिएको कांग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?