+
+
Shares

अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते ९:३५
पाकिस्तानका विदेशमन्त्री इशाक डार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताए।
  • डारले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुनः खुला गरेको दाबी गरे।
  • इरान र अमेरिकाबीच पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो । अब अर्को चरणको वार्ता पनि चाँडै हुने अपेक्षा गरिएको छ।

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् ।

तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताएका हुन् ।

उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । उनले सम्झौता भएमा विश्वलाई नै फाइदा हुने बताए ।

बीबीसी उर्दूका अनुसार डारले दुवै पक्ष बाँकी मतभेद अन्त्य गर्ने प्रयासमा रहेको बताए । उनले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुन: खुला गरेको दाबी पनि गरे ।

डारले बाँकी वार्ता पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे।  साथै, दुई देशबीच वार्ताको अर्को चरण चाँडै हुने अपेक्षा गरिएको छ ।

पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?