+
+
Shares

पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ

प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा प्रहरीले १६ महिला पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म कारबाही गरेको थियो।
  • प्रहरी निरीक्षक गणेश पाण्डेले ती महिलाले अनावश्यक दुःख हैरानी र लुटपाट गर्ने गरेको जनगुनासो आएको बताए।

६ वैशाख, पोखरा । पोखराको लेकसाइडमा पर्यटकहरुलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए । साथै अनैतिक क्रियाकलाप बढ्दै गइरहेको जनगुनासो पनि आइरहेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म कारबाही चलाएको थियो ।

त्यसक्रममा १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?