+
+
Shares

ओलीको तस्वीर बिना एमालेको ब्यानर

महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर स्थापना दिवसको ब्यानर तयार पारेको छ।
  • महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन।
  • एमालेले स्थापना दिवस भव्य रूपमा मनाउने गरेको भए पनि यस वर्ष सामान्य रूपमा मनाउने तयारी भइरहेको छ।

८ वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ ।

महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।

यसअघि एमालेले पार्टीका हरेकजसो ब्यानरमा ओलीको तस्वीर राख्ने गरेको थियो । नेताहरूका अनुसार भोलि मनाइने स्थापना दिवसमा ओली आउनेबारे समेत निश्चित छैन ।

‘केही नेताहरूले सम्बोधन गरेर सामान्य तरिकाले स्थापना दिवस मनाउने तयारी भइरहेको छ । तर वक्ताहरूको टुंगो लागेको छैन,’ एमाले स्रोतले भन्यो ।

अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?