+
+
Shares

स्वकीय राख्दिनँ : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूले स्वकीय सचिव नलिने घोषणा गरेका छन्।
  • राईले अन्य सांसदहरूलाई पनि स्वकीय सचिव नलिन सुझाव दिएका छन्।
  • उनले अन्य सांसदहरूले पनि स्वकीयको सुविधा नलिने विश्वास आफूले लिएको बताए।

८ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूले स्वकीय सचिव नलिने बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए ।

‘म चाहिँ लिन्नँ । मैले घोषणा गरेँ, म चाहिँ लिन्नँ । मैले नलिनू भनेर भनेको छु,’ राईले भने ।

उनले अन्य सांसदहरूले पनि स्वकीयको सुविधा नलिने विश्वास आफूले लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?