News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय रुपैयाँमा आएको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- गत बुधबार सुन र चाँदीको मूल्य क्रमशः ३ लाख २ हजार ७ सय र ५ हजार २ सय २० रुपैयाँ थियो।
९ वैशाख, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ थियो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत बुधबार चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4