+

वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको लगातार दोस्रो जित

२०८३ वैशाख  ९ गते १६:४९ २०८३ वैशाख ९ गते १६:४९
वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ।
  • नेपालले ८९ रनको लक्ष्य दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो।
  • रुवान्डाले दिएको ८८ रनमा अलआउट हुँदा रचना चौधरीले ३ विकेट लिइन् र सम्झना खड्काले अविजित ४८ रन बनाइन्।

९ वैशाख, काठमाडौं । रुवान्डामा भइरहेको आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।

नेपालले बुधबार घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको हो । दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । रुवान्डाको चार खेलमा यो दोस्रो हार हो ।

नेपालको जितपछि रुवान्डा, नेपाल र इटलीको समान ४ अंक भएको छ । नेटरन रेटको आधारमा रुवान्डा शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र इटली तेस्रो स्थानमा छ ।

रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो  । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन् ।

यस्तै उपकप्तान पुजा महतोले १३ र विन्दु रावलले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले उत्कृष्ट सुरुवात गर्दा कुनै बेला जितका लागि ४५ बलमा १५ रन मात्र आवश्यक थियो र ९ विकेट हातमा थियो । तर १३औं ओभरको चौथो बलमा सम्झना खड्का आउट भएपछि नेपालले लगातार विकेट गुमायो । सम्झनासहित नेपालले बीचमा ७ विके६ गुमाउँदा १९ ओभरमा ८६-८ को अवसथ्ामा पुगेको थियो । त्यसपछि नवौँ नम्बरमा ब्याटिङ गरेकी रचना चौधरीले अविजित ९ रन बनाउँदै नेपालाई जित दिलाइन् ।

रुवान्डाकी जिओभानिस उवासेले ३ विकेट लिइन्मा ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा अलआउट भएको थियो । रुवान्डाकी अलिस इकुज्वेले १७ रन बनाइन् ।

नेपालकी रचना चौधरीले ३ विकेट लिइन् । कविता कुोर र पुजा महतोले २-२ विकेट लिए ।

नेपालकी सम्झना खड्का प्लेअर अफ दि म्याच घोषित भइन् ।

नेपालले अब आप्नो चौथो खेल आउने शुक्रबचार भाुनआटुसँग खेल्नेछ ।

 

 

आइसीसी वुमेन्स च्यालेन्ज ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय