News Summary
Generated by OK AI. Editorially reviewed.- सुधन गुरुङले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएर प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पत्र बुझाएका छन्।
- राजीनामालगत्तै उनले गृहमन्त्रालयमा कर्मचारीहरूलाई सामूहिक धन्यवाद दिएका छन्।
- उनको नाम विवादित व्यापारी दीपक भट्टको साझेदार भएको विषयमा जोडिएको थियो र उनीमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा दिएका हुन्।
९ वैशाख, काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिए । त्यसपछि उनी अहिले आफ्नो गाडी चढेर बाहिरिएका छन् ।
विवादित व्यापारी दीपक भट्टको साझेदार रहेको विषयमा उनको नाम जोडिएको थियो । यसलाई लिएर उनीमाथि चौतर्फी आलोचना भएको थियो । उनले आफूमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4