+
+
Shares

कोइली शाही मृत्यु प्रकरण: परिचन्द्र खत्री पुर्पक्षका लागि जेल चलान

कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका परिचन्द्र खत्रीलाई रुकुमकाेट अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमकोट जिल्ला अदालतले कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका परिचन्द्र खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
  • साढे ९ महिनापछि खत्री अदालतमा उपस्थित भएका थिए र प्रारम्भिक अनुसन्धानबाट पर्याप्त आधार देखिएपछि थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने निर्णय गरिएको हो।
  • पीडित पक्षले अदालत परिसर अगाडि पर्चा–पम्पलेटसहित प्रदर्शन गर्दै न्यायको माग गरेका थिए र अनुसन्धान प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।

९ वैशाख, रुकुमपूर्व । कोइली शाही मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका परिचन्द्र खत्रीलाई रुकुमकाेट अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

रुकुमकोटस्थित जिल्ला अदालतले साढे ९ महिनापछि अदालतमा उपस्थित भएका खत्रीमाथि प्रारम्भिक अनुसन्धानबाट पर्याप्त आधार र प्रमाण देखिएको ठहर गर्दै थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।

खत्री आज आफैं अदालतमा उपस्थित भएका थिए ।

सुनुवाइका क्रममा पीडित पक्षले अदालत परिसर अगाडि पर्चा–पम्पलेटसहित प्रदर्शन गर्दै न्यायको माग गरेका थिए।

घटनासम्बन्धी थप अनुसन्धान र अदालती प्रक्रिया जारी रहेको अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?