News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन्।
- दीपेन्द्रको रेटिङ अंक २३९ मा घटेको छ र उनी चौथो स्थानबाट पाँचौं स्थानमा पुगेका हुन्।
- आईसीसी टी-२० विश्वकपमा दीपेन्द्रले नेपालका लागि सर्वाधिक १६९ रन बनाएका थिए र २ विकेट लिएका थिए।
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक २३९ मा घटेको छ ।
भारतमा सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । त्यसपछि हालैमात्र उनी नेपालको टी-२०आई कप्तान चुनिएका थिए ।
दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाएका थिए भने बलिङमा २ विकेट लिएका थिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो ।
नेपालले सोमबार र मंगलबार यूएईसँग टी-२०आई खेलेको थियो । दीपेन्द्रले दुवै खेलमा ब्याटिङ गरे । पहिलो खेलमा ३२ र दोस्रो खेलमा २३ रन बनाएर नटआउट बने ।
पहिलो खेलमा बलिङ नगरेका दीपेन्द्रले दोस्रो खेलमा ३ ओभरमा १६ रन खर्चिएर कुनै विकेट लिएनन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।
भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।
अजमतुल्लाह ओमरजाइ चौथोमा तथा वेस्ट इन्डिजका रस्टन चेज पाँचौंमा उक्लिएका छन् । दीपेन्द्रकै समान २३९ अंक चेजको पनि छ । दुवैजना पाँचौंमा छन् ।

प्रतिक्रिया 4