+
+
Shares

सुरक्षा प्रमुख डाकेर प्रधानमन्त्रीले भने- ‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
  • प्रधानमन्त्रीले आज साँझ सबै सुरक्षा निकायका प्रमुखहरूसँग भेटमा बस्ती हटाउने काम काठमाडौं उपत्यकाबाट सुरु गर्न भनिएको छ।
  • बालेनले मेयर हुँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए, तर प्रतिवादका कारण सफल हुन सकेन।

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन् ।

बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेलमा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।

अहिले उनी प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित गरेर बसेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई नै निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?