+

इरानको स्थानमा इटालीलाई खेलाउने छैन फिफाको कुनै योजना

२०८३ वैशाख  १० गते १७:३९ २०८३ वैशाख १० गते १७:३९
इरानको स्थानमा इटालीलाई खेलाउने छैन फिफाको कुनै योजना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले यस वर्ष हुने विश्वकपमा इरानको स्थानमा इटालीलाई राख्ने योजना नरहेको जनाएको छ ।
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीले नै विश्वकप खेल्ने कुरा स्पष्ट पारिसकेका छन् ।
  • विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

१० वैशाख, काठमाडौं । फिफाले यस वर्ष हुने विश्वकपमा इरानको स्थानमा इटालीलाई राख्ने कुनै योजना नरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत पाओलो जामपोलीले यस्तो प्रस्ताव राखे पनि फिफाले त्यसलाई अघि नबढाएको हो ।

अमेरिका र इजरायलसँगको युद्धका कारण इरानको सहभागितामाथि केही अन्योल रहे पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीले नै विश्वकप खेल्ने कुरा स्पष्ट पारिसकेका छन् ।

जाम्पोलीले इटालीलाई इरानको स्थानमा राख्न सुझाव दिएका थिए । उनले इटाली चार पटकको विश्वकप विजेता भएकाले सहभागी हुन योग्य रहेको बताएका थिए । तर, इटाली भने पछिल्ला तीन संस्करणमध्ये लगातार तेस्रोपटक विश्वकपका लागि छनोट हुन असफल भएको छ ।

इरानले प्रतियोगितामा न्यूजिल्यान्ड, बेल्जियम र इजिप्टसँग खेल्ने तालिका छ । विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

फिफाका नियमअनुसार कुनै टोली बाहिरिएमा मात्रै अर्को टोली राख्ने निर्णय गर्न सकिन्छ । हालसम्म इरान प्रतियोगितामा सहभागी हुने तयारीमै रहेको जनाइएको छ ।

-बीबीसी स्पोर्ट्सबाट

फिफा विश्वकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय