+
+
Shares

नेपाली संगीत निर्माता आशिष बिट्सलाई विश्वब्यापी ५ अर्ब स्ट्रिमिङको उपलब्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:३४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आशिष गिरी (आशिष बिट्स)ले विश्वव्यापी स्ट्रिमिङमा ५ अर्बभन्दा बढी प्ले संख्या पार गरेका छन्।
  • उनी बिलबोर्ड चार्टमा नम्बर १ पुग्ने पहिलो नेपाली निर्माता बनेका छन्।
  • आशिष बिट्सले निकी बन्ड्जको गीत ‘स्याटेलाइट्स’ बाट प्लाटिनम रेकर्ड हासिल गरेका छन्।

काठमाडौं । संगीत क्षेत्रमा सक्रिय निर्माता तथा गीतकार आशिष गिरी (आशिष बिट्स)ले विश्वव्यापी स्ट्रिमिङमा ५ अर्ब (५ बिलियन) भन्दा बढी प्ले संख्या पार गरेका छन् । डिजिटल प्लेटफर्ममा नेपाली सर्जकको यस्तो उपलब्धि निकै दुर्लभ मानिन्छ ।

गिरीले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।

आशिष बिट्सले यसअघि पनि अन्तर्राष्ट्रिय संगीत बजारमा ऐतिहासिक सफलता हात पारेका थिए । उनी बिलबोर्ड चार्टमा नम्बर १ पुग्ने पहिलो नेपाली बनेका थिए । बेलायती र्‍यापर ‘सेन्ट्रल सी’को गीत ‘ब्यान्ड फर ब्यान्ड’ यूके हिपहप/आरएन्डबी चार्टको शीर्ष स्थानमा पुगेपछि उनले यो सफलता हासिल गरेका हुन् । उक्त गीतमा अमेरिकी र्‍यापर लिल बेबी समेत फिचर्ड छन् ।

यस गीतको सह-निर्माणका लागि आसिस बिट्सलाई बिलबोर्डले आधिकारिक प्लाक प्रदान गरेको थियो । यो उपलब्धिसँगै उनी ग्लोबल २०० र हट १०० चार्टमा प्रवेश गर्ने दोस्रो नेपाली पनि बने । ‘ब्यान्ड फर ब्यान्ड’ ग्लोबल २०० मा १२औँ र हट १०० मा १८औँ स्थानसम्म पुगेको थियो ।

यसअघि नेपाली लो-फाइ निर्माता सगुनले ‘फोन बाइ माई इयर’ मार्फत ग्लोबल २०० मा ९९औँ र हट १०० मा ६४औँ स्थान हासिल गर्दै इतिहास बनाएका थिए ।

आसिस बिट्स हालसम्म प्लाटिनम रेकर्ड हासिल गर्ने एकमात्र नेपाली निर्माता पनि हुन् । उने निकी बन्ड्जको गीत ‘स्याटेलाइट्स’ बाट प्लाटिनम सफलता पाएका हुन् । साथै, उनको काम न्यूयोर्कको टाइम्स स्क्वायरमा समेत प्रदर्शन भइसकेको छ ।

पछिल्ला वर्षहरूमा आधुनिक धुन, अन्तर्राष्ट्रिय स्तरको प्रोडक्सन र युवामाझ लोकप्रिय शैलीका कारण आसिस बिट्स नेपाली संगीतलाई विश्व बजारसम्म पुर्‍याउने महत्वपूर्ण सर्जकका रूपमा स्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?