News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ।
- फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन्।
- फिल्ममा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह लगायतको मुख्य भूमिका छ र प्रेमकथाबाट सामाजिक भावना चित्रण गर्ने दाबी गरिएको छ।
काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म हरितालिका तीजको अवसरमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
निर्माता र वितरकबीच प्रदर्शन मितिलाई लिएर सम्झौता भएको जनाइएको छ । यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
यो फिल्मबाट अभिनेत्री समेत रहेकी थापा ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’को निर्देशन गरेकी थापाको यो तेस्रो निर्देशकीय फिल्म हो ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसहित पूर्व मिस नेपालद्धय सृष्टि श्रेष्ठ, र नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ ।
लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय छ । निर्माता हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्मले सुमधुर प्रेमकथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ ।
प्रतिक्रिया 4