१२ वैशाख, काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा स्काभेटरले संरचना हटाउने काम गरिरहेको छ ।
सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा सरकारी निकायका अधिकारीहरू परिचालित छन् ।
बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । यसपटकको दृश्य विगतका भन्दा निकै फरक र शान्त देखिएको छ।
बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।
विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।
घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेको दृश्य घटनास्थलमा देखिएको छ।
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको सरकारले बताउँदै आएको छ ।
Live Updates
धमाधम बस्ती छाड्दै मनोहराका सुकुमवासी
डोजर चलेपछि यस्तो देखियो गैरीगाउँको सुकुमवासी बस्ती
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।




नागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन (तस्वीरहरू)
सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमनत्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको हो ।
थप पढ्नुहोससुकुमवासी बस्तीका दृश्य : एकातिर डोजर, अर्कातिर प्याकिङ (तस्वीर/भिडियो)
गैरीगाउँ खोला वारीपारी दुवैति डोजर
गैरीगाउँको सुकुमवासी बस्तीमा खोला वारीपारि दुवैतिर डोजरले अस्थायी संरचना भत्काइरहेको छ ।

गैरीगाउँमा के भइरहेछ ? हेर्नुहोस् Live
अहिले प्रशासनले गैरीगाउँको सुकुमवासी बस्तीका अस्थायी संरचना हटाइरहेको छ । हेर्नुहोस् Live:

थापाथलीपछि गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।
सुकुमवासीहरूलाई मानवीय व्यवहारका न्यायोचित समाधान दिनुपर्छ : शंकर पोखरेल
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुकुमवासीहरूलाई मानवीय व्यवहारका न्यायोचित समाधान दिनुपर्ने बताएका छन्।
- सरकारले उपत्यकाका मुख्य सुकुमवासी बस्तीहरू खाली गराउन शनिबारदेखि प्रक्रिया सुरु गरेको छ।
- पोखरेलले सुकुमवासी श्रमिकहरूको पीडा बुझेर सम्मानजनक विकल्प दिन सरकारको जिम्मेवारी रहेको उल्लेख गरेका छन्।
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
केहीबेर अघिसम्म २२ परिवारले आफू घरबारबिहीन रहेको भन्दै आश्रयका लागि सरकारी अधिकारीसँग नाम टिपाएको खबर प्राप्त भएको छ ।
सरकारले यसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुमवासी (तस्वीरहरू)
- सरकारले १२ वैशाख शनिबार बिहानदेखि काठमाडौं उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराइरहेको छ।
- शनिबार दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरूले घरवारविहीन भएको भन्दै सरकारी टोलीलाई विवरण उपलब्ध गराएका छन्।
- सरकारी टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन गरी कीर्तिपुरस्थित राधास्वामी आश्रममा लैजाने तयारी गरेको छ।

अहिलेसम्म २२ परिवारले नाम टिपाए
थापाथली सुकुमवासी बस्तीबाट अहिलेसम्म २२ परिवारले नाम टिपाएका छन् । उनीहरूलाई कीर्तिपुरको राधास्वामी आश्रममा लगिनेछ ।

थप पढ्नुहोस
थापाथलीको अव्यवस्थित बस्ती खालो भयो- प्रम सचिवालय
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको जानकारी दिएको छ ।
यहाँबाट आफू घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको सचिवालयले जनाएको छ । बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।
गैरीगाउँमा पनि आजै डोजर जाने
सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएपछि काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ।
थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो।

सुकुमवासी बस्तीका केही दृश्यहरू



तस्वीरः न्यूज एजेन्सी नेपाल ।
लौ हिंड्नुहोस्, अब जाऔँ !
थापाथलीको सुकुमवासी बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न संवाद गर्नै नेपाल प्रहरी ।

थापाथलीमा फेरि थपिए दुईवटा डोजर
सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो ।
पेट त भर्नै पर्यो !
सरकारले राम्रोसँग सवाद नगर्दा अन्योल भयो, आफैं कोठा खोज्यौँ - कान्छीमाया
थापाथली सुकुम्बासी बस्तीकी, कान्छीमाया प्रजा थापाथलीको सुकुमवासी बस्ती अगाडि टहरोका सामान पोको पारेर गाडी कुरिरहेकी छिन् । ५५ वर्षीया उनी ५ जनाको परिवारसहित बस्तीमा बसिरहेकी थिइन् ।
तर, सरकारले डोजर लगाएर बस्ती हटाएपछि अब कोठा खोजिएको ठाँउमा सार्ने तयारीमा छिन् । घरका सबै सामान सडकमा निकालेकी छन् ।
कान्छीमायाले कुपोन्डोलमा कोठा खोजिसकेकी बताइन् । अब पाँच जनाको परिवार उतै बस्ने योजनामा छन।
\'सरकारले के गर्छु, कसो गर्छु पनि भनेन । त्यसैले बिचल्ली होला भनेर कोठा खोज्यौ,\' सरकारले राम्रोसँग सवाद नगर्दा अन्यौल भएको बताउदै उनले भनिन्, \'यदि यहाँ लग्छु, राख्छु भनेर राम्रोसँग हामीलाई आएर भनेको भए किन कोठा खोज्थेँ र ?\'
धादिङमा पुर्खौली सम्पत्ति बाढीले बगाएपछि २० वर्षअघि थापाथली सुकुम्बासी आएकी कान्छीमाया परिवारको लागि अरु घरको ज्यालादरी काम गरेर कमाई गर्छिन् । \'अब कसरी भाडा तिर्ने, परिवार धान्ने थाहा छैन । अब त झन काम गर्नुपर्छ,\' उनले भनिन् ।

अब सुकुमवासीहरू कहाँ बस्छन् ?

खानेपानी पाइप फुट्दा तीन ठाउँमा पानी अवरुद्ध
थापाथलीस्थित सुकमवासी बस्तीमा स्काभेटर चल्दा खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।

गैरीगाउँ सुकुमवासी बस्तीमा पनि सामान सार्न थालियो
थापाथलीमा डोजर चल्न थालेपछि गैरीगाउँ सुकुमवासी बस्तीमा पनि नागरिकले सामान सार्न थालेका छन् ।

गैरीगाउँ सुकुमवासी बस्तीमा पनि सामान सार्न थालियो
थापाथलीमा डोजर चल्न थालेपछि गैरीगाउँ सुकुमवासी बस्तीमा पनि नागरिकले सामान सार्न थालेका छन् ।

प्रहरीलाई पानी बाँड्दै नगर प्रहरी

खुट्टाले काम गर्दैन, जाने ठाउँ छैन- पाकचा तरिम कसाई

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने
सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।
थप पढ्नुहोससुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने
सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।
६० प्रतिशत सरचना भत्काइयो - नगर प्रहरी बल
थापाथली सुकुमवासी बस्ती अहिलेसम्म शान्तिपूर्ण छ। दुई स्काभेटर सडक विभागसहित ५ उपकरणभित्र भत्काइरहेको छ। बाहिर २ वटा लोडर (क्रेन) स्ट्यान्डबाइ छ । रङ्गशालामा एकजना आमा र बच्चामात्र जानुभएको छ। अरु कोही छैन।
उहाँ पनि अभिभावक बोलाएर जाने भन्नुभएको छ। हामीले हाम्रै उपकरणमार्फत उद्धार गरिरहेका छौं । अहिलेसम्म मेरो केही पनि छैन, आश्रय चाहिन्छ भनेर महानगरको सम्पर्कमा कोही पनि आएका छैनन् । सुन्दरीघाटमा जाने कोही पनि छैन। सुरुमा सुन्दरीघाटमा लगेर व्यवस्थापन गरिने भए पनि अहिलेसम्म कोही आएको छैन।
- नगर प्रहरी बल प्रमुख विष्णु जोशी ।

\'सरकारले कहाँ लग्छ, थाहा छैन\'
सुकुमवासी बस्तीका प्रकाश मगर- सरकारले टहरा भत्काइरहेको छ । तर, हामीलाई कहाँ लग्छ, अझै थाहा छैन ।

बालेनलाई हर्कले भने- अन्तिममा माटै हुने हो
प्रधानमन्त्री बालेनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको आग्रह-

सुकुमवासी व्यवस्थापनमा सरकारका ७ प्रतिबद्धता
सुकुमवासी व्यवस्थापनमा सरकारले केही प्रतिबद्धताहरू व्यक्त गरेको छ । सरकारी आश्वासनपछि बस्ती स्थानान्तरण शान्त रूपमा अगाडि बढिरहेको छ । सरकारी स्रोतहरूका अनुसार-
१. अस्थायी बसोबासमा स्थानान्तरण: बस्ती खाली गरिएकाहरूलाई तत्कालका लागि इचङ्गु (४२ वटा आवास युनिट), कीर्तिपुर (सत्सङ्ग भवन), बोडे (कृषि विकास बैंकको तालिम केन्द्र), खरीपाटी र चाँदबाग गरी ५ वटा तोकिएका अस्थायी स्थानमा राख्ने।
२. तत्काल राहत तथा सुविधा: स्थानान्तरण हुनेहरूका लागि आज र भोलि (दुई दिन) सरकारकै तर्फबाट प्याकेटको खाना उपलब्ध गराइनेछ। साथै, ती अस्थायी स्थानमा पानी, बिजुली र शौचालयको व्यवस्था सुनिश्चित गरिने ।
३. लगत संकलन तथा प्रमाणीकरण: अस्थायी स्थानमा राखिसकेपछि भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले उनीहरूको अन्यत्र जग्गा वा घर भए/नभएको लगत संकलन गर्ने।
४. डिजिटल प्रणालीमा दर्ता: प्रत्येक व्यक्तिको विस्तृत विवरण समावेश गरी सरकारले डिजिटल प्रणाली (प्रोफाइल) मा रेकर्ड राख्ने।
५. सक्कली र नक्कलीको पहिचान: संकलित तथ्य र लगतका आधारमा सक्कली (वास्तविक भूमिहीन) र नक्कली (अन्यत्र घरजग्गा भएका) सुकुम्वासी छुट्ट्याइने।
६. नक्कली सुकुम्वासीलाई कारबाही: सुकुमवासीका नाममा सार्वजनिक जग्गा कब्जा गर्ने नक्कली पात्रहरूलाई कुनै पनि विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गरिने।
७. स्थायी समाधान: यी सबै प्रक्रिया पूरा गरेर तथ्यका आधारमा वास्तविक सुकुमवासीहरूको पहिचान गरी समस्याको स्थायी समाधान खोजिने।

वीरगञ्ज महानगरले भन्यो- भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनू
काठमाडौंका सुकुमवासी बस्ती खाली गराइरहेको बेला वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो ।
वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले शुक्रबार सार्वजनिक सूचना जारी गरेर सडक विस्तारबाट भूमीहीन बन्नेले ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउनको लागि आह्वान गरेका छन् ।
वास्तविक सुकुमवासीको यसरी हुनेछ व्यवस्थापन
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्छन्, ‘वास्तविक सुकुमवासीलाई अन्याय नहुने गरी कानुन अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउँछौं ।’


डोजरको अघिअघि प्रहरीको माइकिङ
डोजरको अघिअघि प्रहरीको माइकिङ- तपाईंको समान सुरक्षित छ, आफू छेउ लागेर बसिदिनुहोला

सक्कली-नक्कली सुकुमवासी पहिचान गर्छौंः दाहाल
सरकारले सुकुमवासी बस्ती खाली गरेर सक्कली र नक्कली सुकुमवासी पहिचान गर्ने बताएको छ । सार्वजनिक जग्गा फिर्ता गर्नु मात्र नभई, सक्कली र नक्कली सुकुमवासीको छनोट गर्नका सुकुमवासी बस्ती खाली गर्न लागेको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी गराइन् ।

सुकुमवासी पुनर्स्थापनाका लागि ५ स्थान तय
सुकुमवासी पुनर्स्थापनाका लागि ५ स्थान तय भएको सरकारले जानकारी दिएको छ । उनीहरूलाई थापाथली, मनोहरा र गैरीगाउँबाट बस्ती खाली गराउने क्रममा पहिचान भएका घरबारविहीनहरूलाई विकल्पका रूपमा नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, चाँदबाग र खरीपाटीमा राखिनेछ।

थपियो स्काभेटर

खुसी छैन मन ...
सुकुमवासी बस्तीमा डोजर चलेपछि रुँदै एक वृद्धा ।

डोजर चल्दै गर्दा पानीको फोहोरा फुट्यो
बस्तीमा डोजर चलाइरहँदा पानीको फोहोरा फुट्यो र भेल बगेको छ । यसबाट सुकुमवासी बस्तीका नागरिकले निकालेको सामानहरू भिजेका छन् ।


४ महिने बाबु कोक्रोमा झुलाउँदै सुकुमवासी बस्तीकी अन्जली
४ महिने बाबु कोक्रोमा झुलाउँदै सुकुमवासी बस्तीकी अन्जली पसवान । उनका अनुसार, उनीहरूको परिवार यहाँ आएको २० वर्ष भयो। सरकार बस्ती भत्काउन आएपछि उनीहरू सामान घरबाहिर निकालेर अगाडि बसिरहेका छन् । छेउमा ४ महिने बच्चा कोक्रोमा हल्लाउँदै उनी बसिरहेकी छन् ।
अचानक भत्काउन आयो । अस्तिमात्र सूचना दियो । अब कहाँ लान्छ केही थाहा छैन। व्यवस्था गर्छौं भनेको छ, तर कहाँ लग्छ थाहा छैन- उनले भनिन् ।

बस्तीका दुई तिरबाट डोजर चल्दै
थगापाथलीको सुकुवबासी बस्तीमा डोजर दुई तिरबाट चलाइरहेको छ । शंखमूलतर्फबाट र प्रसुती गृहतिरबाट प्रशासनले बस्ती खाली गरिरहेको छ ।

सुकुमवासीका सामान सार्न सघाउँदै प्रहरी
प्रहरीले सुकुमवासीका सामानहरू सार्न सघाइरहेका छन् । बस्तीमा केही वृद्धवृद्धाहरू रोइरहेका देखिन्छन् ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्-

बस्तीमा प्रवेश गरेको छ स्काभेटर
यसअघि सडकबाटै भेटिने संरचना भत्काइरहेको प्रशासनले अब बस्तीभित्रै पसेर संरचना खाली गरिररहेको छ ।






















प्रतिक्रिया 4